महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।
योसँगै छापावाल सुनको मूल्य ९३ हजार १००, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।नेपाली बजारमा आज चाँदी प्रतिताेला १२ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।
सोमबार छापावाल सुनको मूल्य ९३ हजार र चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।