कपिलवस्तु । आचारणविपरीत काम गर्ने दुई सशस्त्र प्रहरी नायव निरीक्षकहरूलाई निलम्बन गरि विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको हो ।

सशस्त्र प्रहरी नायव निरीक्षक सुवेदीले यही ४ कात्तिकमा निर्वाचन सुरक्षाबेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरू पुर्‍याई कार्यालय फर्कने क्रममा दिइएको जिम्मेवारी सही ढंगले निर्वाह नगरेपछि सवारी दुर्घटना हुन पुगेको थियो ।

त्यस्तै गत असोज २० गते भारतीय भूमिमा मृत अवस्थामा फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवको घटनामा प्रारम्भिक छानविन गर्दा विभागीय नीति तथा आदेशविपरीत कार्य गरेको देखिएकाले सशस्त्र प्रहरी नायव निरीक्षक मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

14
Shares
१५ कार्तिक २०७९, मंगलवार ११:१०