फ्रान्स । फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाले कतार विश्वकप २०२२ गुमाउने भएका छन् ।
इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सका मिडफिल्डर पोग्बाले चोटकै कारण नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकप गुमाउने भएका हुन् ।
सन् २०१८ को रुस विश्वकप फ्रान्सले जित्दा नायक साबित भएका पोग्बा यसपटक समेत महत्वपूर्ण सदस्य हुने मानिएको थियो ।यसै सिजन मात्र इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट पूर्वक्लब युभेन्ट्स फर्किएका पोग्बाले घुँडाको चोटका कारण एउटा खेल पनि खेलेका छैनन् ।
विश्वकपअघि चाेटमुक्त हुन उनले निकै प्रयास गरे पनि सफल हुन नसकेपछि उनी निराश भएका छन् ।
फ्रान्सले २२ नोभेम्बरमा अस्ट्रेलियाविरुद्धको खेलसँगै विश्वकपको सुरुआत गर्नेछ । समूह डी मा फ्रान्स, अस्ट्रेलिया,डेनमार्क र ट्युनिसिया रहेका छन् ।