काठमाडौं । यू–१५ महिला साफ च्याम्पियनसिप मंगलबार बंगलादेशको ढाकामा सुरु हुँदैछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता छ ।

प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली ढाका पुगिसकेको छ । नेपालले बिहीबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५, भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा बंगलादेशसँग खेल्नेछ ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा सोमबार आयोजित प्रिम्याच कन्फरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले उपाधिका लागि तयार भएको प्रतिक्रिया दिएकी छिन् ।

मुख्य प्रशिक्षक मगरले नेपाली खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलिरहेको र गर्मी मौसमले टोलीलाई केही कठिन हुने बताइन् ।

यस्तै कप्तान दिपा रोकायाले आफुहरु उपाधि जित्न ढाका आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु