सांकेतिक तस्बिरः पिक्सबे

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप लगाएकी किशोरीले भिडियो बनाउन खोज्दा सन्दीपले मोबाइल खोसेको बताएकी छन् । सरकारी वकिलको कार्यालयलाई दिएको बयानमा उनले यस्तो बताएकी हुन् ।

नगरकोटबाट सल्लाघारीको बाटो हुँदै काठमाडौं फर्कदा रातको समयमा होस्टलमा प्रवेश गर्ने अनुमति नहुने भएकोले सन्दीपले पिंगलास्थानमा रहेको होटल काठमाडौं इनमा कोठा बुक गर्ने कुरा गर्दा आफूले दुईवटा कोठा बुक गर्न भनेको बताएकी छन् ।

बयानमा उनले भनेकी छन्, ‘मैले बाटोमा एउटा भिडियो बनाउन खोज्दा सन्दीपले मेरो मोबाइल खोसेर होटल पुगेपछि दिउँला भने, होटल नजिक पुग्दा मलाई मास्क छ कि छैन भनेर सोधेकोमा मैले आफूसँग मास्क छैन भनेपछि सन्दीपले आफूले लगाएको मास्क खोलेर लगाउन दिइ होटलका सहयोगी अनिश भन्ने व्यक्तिसँग रुमको चाबी लिएर जाऊ भनी मलाई गाडीबाट ओरालेर गाडी पार्क गर्न गएका थिए ।’

प्रतिरोध गर्दा आफूमाथि कुटपिट भएको पनि बयान दिएकी छन् । अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जबरजस्ती करणी गर्दा आफूलाई ‘ढाडमा जोडले हानेको’ भनेकी छन् ।

होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेका बेला निकै थाकेकाले कुर्सीमा नै आफू अर्धनिन्द्रामा परेको उनको बयान छ ।

‘लामिछानेले मलाई लुगा फुकालेर सुत भने, म लुगा नफुकालिकन पल्टिएको थिएँ, एकैछिनमा निदाएँछु’, उनले भनेकी छन्, ‘त्यसको अन्दाजी २० देखि २५ मिनेटमा १२ः२५ बजेतिर ब्यूँझिँदा आफूले लगाएको पाइन्ट खोलेर जबरजस्ती करणी गरेर उनी बाथरुमतिर गएर फेरि सुतेका थिए ।’

त्यसको करिब एक घन्टापछि लामिछानेले शरीरका विभिन्न भागमा चलाउने गर्दा प्रतिरोध गरेको र ढाडमा जोडले हानेको उनले भनेकी छन् ।

आफूलाई डर, त्रासमा पारेर इच्छा विपरीत दुई पटक जबरजस्ती करणी गरेको पीडितको बयान छ । उनले अर्का क्रिकेटर देव खनालले पठाएको स्न्यापमा सन्दीपलाई दुईपटक देखेपछि साथी बन्न प्रस्ताव पठाएको उल्लेख गरेका छन् ।

28
Shares
१५ कार्तिक २०७९, मंगलवार ०६:३५