प्रहरीले गत साता अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सन्दीपले हिरासतबाटै आफूमाथि अदालतमा परेको मुद्दा लड्ने भएका छन् ।
प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय माग दाबी हुनुपर्ने उल्लेख गरिएको थियो ।काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै १७ वर्षीया बालिकाले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।
आफूमाथि लागेको आरोप अस्वीकार गरेका सन्दीपले २० असोजमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।