दाङ । लमही उद्योग वाणिज्य महासंमा साहित्यकार तेजप्रसाद खनालको कृति ‘जुनेली रात’ चारु सङ्ग्रह एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
चारु साहित्य प्रतिष्ठान लुम्बिनीको प्रदेशको आयोजनामा आयोजित यस कार्यक्रमको अध्यक्षता चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालले गरेका थिए ।
कार्यक्रममा गजल शिरोमणि डा. घनश्याम न्यौपान (परिश्रमी) प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए । विशिष्ट अतिथिमा चारु प्रवर्तक डा. देवी पन्थी सहभागी थिए ।
यसै सन्दर्भमा संयुक्त लेखनमा रचित अम्बिका खरेल उप्रेतीद्वारा सम्पादित ‘नवरत्न’ चारु सङ्ग्रह पनि सार्वजनिक गरिएको थियो ।
प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतका साहित्यकारहरुको उपस्थितिमा यी दुई कृतिहरु सार्वजनिक गरिएको हो ।
विशिष्ट अतिथि पन्थीले दुबै कृतिको समीक्षा गरेका थिए । प्रमुख अतिथि न्यौपानेले सर्जकलाई शुभकामना व्यक्त गरेका थिए ।
साहित्यकार हरि पोख्रेल, स्वर्ण शिखा, धनसिंह गिरी, छविलाल कोपिला, लमही नगरपालिका ५ का वडा अध्यक्ष ओमप्रकाश सुवेदी (सागर), जगतराम यादव, भूमि आयोग दाङ जिल्ला अध्यक्ष लेखराज रेग्मी, प्राध्यापक हरेकृृष्ण ज्ञवाली, लीलाराम खनाल लगायतले स्रष्टालाई शुभकामना दिएका थिए ।
चारुकार यज्ञलाल सुवेदी, अमृता रसाइली रामदाम, अम्बिका खरेल उप्रेती, सीता शर्मा पन्थी, सन्जना शर्मा, तेजप्रसाद खनाल, नागेन्द्र यादव लगायतले चारु वाचन गरेका थिए ।
कार्यक्रममा चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश कमिटी सार्वजनिक पनि गरिएको थियो। कमिटी तेजप्रसाद खनाल अध्यक्ष, सन्जना शर्मा उपाध्यक्ष, यागेन्द्र यादव सचिव, वसन्त अनुभव कोषाध्यक्ष र सदश्यहरुमा नविना रेग्मी, सिर्जना खनाल, मुना पन्थी र यज्ञलाल सुवेदी छन् ।
कार्यक्रमको सञ्चालन नागेन्द्रप्रसाद यादवले गरेका थिए ।