मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।१२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी भइरहेको जनाइएको छ ।
लामिछाने असोज २० गतेदेखि प्रहरी हिरासतमा छन् । तीन पटकसम्म म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो ।एक नाबालिगले काठमाडौंको गौशालाको होटलमा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी पर्दा सन्दीप क्यारेबियन लिग खेल्ने सिलसिलामा नेपाल बाहिर थिए ।