विराटनगर । ओलम्पियन तेक्वान्दो खेलाडी संगीना बैद्यलाई दुबईमा सम्मान गरिएको छ । दुबईस्थित नुवाकोट सेवा समाज यृुएईले ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन सफल पहिलो खेलाडी तथा दक्षिण एशियाली खेलकुदमा लगातार दुई पटक स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी संगीनालाई नुवाकोटको गरिमा बढाउन सफल भएकोमा सम्मान गरिएको जनाएको छ ।

नुवाकोटे चेली संगीनालाई आइतबार कोसेली होटल बर, दुबईमा समाजले सम्मान गरेको बैद्यले जनाएकी छिन् ।

लोकतान्त्रिक खेलकुदद्वारा खेलाडी सम्मानित

नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार एक कार्यक्रमकाविच नवौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्न सफल विभिन्न खेलका खेलाडीहरुलाइ सम्मान गरेको छ ।

संघका केन्द्रिय सचिव मनिष जोशीको सभापतित्वमा आयोजना भएको खेलाडी सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि पूर्व कानून, न्याय तथा संसदिय विकास मन्त्री एव नेपाली काँग्रेसमा गणतन्त्रका बाहक नरहरी आचार्य तथा विशिष्ट अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार प्रदीप पौडेलले विभिन्न खेलमामा सहभागी भई पदक प्राप्त गर्ने उत्तरभेगिय खेलाडीहरुलार्र्इ सम्मान पत्रले सम्मान गरेका हुन् ।

बुढानीलकण्ठ तथा टोखा नगरपलिका खेलकुद संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभन्न खेलकुदका ३५ सहित पूर्व खेलाडीहरु तथा पर्वातारोही पत्रकार पूर्णिमा श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । जसमा पूर्व क्रिकेट खेलाडी पारस खड्का समेत थिए । तर कार्यक्रममा खड्काको उपस्थिति थिएन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले खेलाडीहरुले जीवनको उर्जाशील समय दिएर खेलकुदको लागि जुन मेहनत गरेका छन् त्यसले कालान्तरमा देशकै इज्जत बढाउने बताए ।

आचार्यले विश्व खेलमञ्चमा राष्ट्रलाई पहिचान गराउने खेल क्षेत्रमात्र रहेको बताए । यसका लागि आगामी दिनमा नेपाली काँग्रेसले महत्वपूर्णका साथ हेर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि पोडैलले आगामी दिनमा खेलाडीहरुले हाम्रो क्षेत्रबाट निर्वाचित नेतृत्व खेलकुद र विकासका अनुयायी हुन् भन्ने विचार गर्भका साथ भन्न सक्ने वातावरण आफूले बनाउने बताए ।

कार्यक्रमका सभापति एवं लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सचिव जोशीले आफू नेपाली झण्डालाई अन्तर्र्राष्ट्रिय मञ्चमा बोकेर अगाडि बढ्ने पहिलो खेलाडी गजराज जोशीको पुत्र भएको भन्दै खेलाडीले मात्र खेलाडीको भावनालाई बुझ्ने र खेलाडीको हक हितका लागि सदा अग्रस्थानमा रहेर कार्य गर्ने बताए ।

उनले लोकतान्त्रीक खेलकुद संघ खेलकुदको विकृति र विसंगति हटाएर खेलाडी, प्रशिक्षक र खेलकर्मीको हकहितका लागि खडा भएको संस्था भएकोले उक्त कार्यमा सदा अग्रसर भइरहने बताए ।

संघका बागमती प्रदेश संयोजक दीपक गुरुङ्गले खेल क्षेत्रमा देखिएका विभिन्न विकृति र विसंगतिका बारेमा प्रकास पार्दै त्यसलार्इ आगामी दिनमा आउने नेतृत्वले समाधान गनुपर्ने औंल्याए।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै नेपाली खेलकुदका युवा नेतृत्व एवं काठमाण्डौ जिल्ला खेलकुद समितिका पूर्व उपाध्यक्ष दामोदर बद्रि भट्टराईले आगामी दिनमा खेलकुद विकास र खेलाडीका हितका लागि नेतृत्वले ध्यान दिनमा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु