विराटनगर । झापाको शिवसताक्षी नगरपालिका–१ मा सीटी सफारीको ठक्करबाट आइतबार साँझ चालकको मृत्यु भएको छ ।
दमकबाट फर्निचरको सामान लिएर गएको मे १ ह ७२६० नम्बरको सफारीले ठक्कर दिँदा चालक दमक नगरपालिका–५ का ४८ वर्षीय रणबहादुर खड्काको मृत्यु भएको हो । कुशल लिम्बूको घरमा फर्निचरका सामान झारेर राख्ने क्रममा अचानक गुडेको सफारीले खड्कालाई ठक्कर दिएको थियो ।
खड्का उक्त सफारीका चालक हुन् । रोकेर राखेको ठाउँबाट अचानक गुडेको सफारीले उनलाई नै ठक्कर दिएको थियो । बेहोस भएका खड्काको उपचारका क्रममा बिर्तामोडको बिर्तासीटी अस्पतालमा साँझ ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।