विराटनगर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गरेका छन् ।

आइतबार भोजपुरको हतुवागढी, घोरेटारमा आयोजित कार्यक्रममा श्वेत पत्र सार्वजनिक गर्दै राईले तीन वर्ष छ महिना सात दिन प्रदेश १ को मुख्यमन्त्री रहँदा आफ्नो गृह जिल्ला भोजपुरको विकास निर्माणका गरेका कामहरु उल्लेख गरेका हुन् ।

श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुद लगायतका कार्यक्रमहरू र बजेट समेत समावेश गरेर सार्वजनिक गरिएको छ ।

राई २०७४ फागुन २ गते प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुन भएको थियो । २०७८ भदौ १० गते राईले राजीनामा दिँदै एमालेकै नेता भीम प्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गरेका थिए ।

मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राई नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । प्रदेश सभातर्फ प्रदेश सभा क्षेत्र नम्बर १ मा हरिबहादुर राई र २ मा खड्गबहादुर (प्रेम) कार्की उम्मेदवार छन् ।

यस्तो छ राईले जारी गरेको श्वेतपत्र–

आदरणीय भोजपुरबासी दाजुभाइ तथा दिदीबहिनीहरू,

सर्वप्रथम यहाँहरूलाई म अभिवादन, नमस्कार अनि सेवा गर्न चाहन्छु। आगामी २०७९ मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन गइरहेको छ । यसपटकको निर्वाचनमा भोजपुरबाट प्रतिनिधिसभा सदस्यको उमेदवारको रुपमा नेकपा (एमाले) को तर्फबाट चुनाव चिन्ह सूर्य लिएर यहाँहरूको घरदैलोमा आउँदै गरेको सहर्ष जानकारी गराउन चाहन्छु।

यहाँहरूलाई थाहै छ, २०७४ सालमा सम्पन्न भएको निर्वाचनमा मलाई पार्टीले प्रदेश सभा सदस्यको उमेदवारको रुपमा भोजपुर—‘ख’ निर्वाचन क्षेत्रमा खडा गरेको थियो। यस जिल्लाबाट प्रतिनिधिसभा र संविधानसभामा निर्वाचित भएर केन्द्रीय सरकारको सूचना तथा सञ्चार प्रविधि मन्त्री र सरकारको प्रवक्ता समेतको जिम्मेवारी सफलतापूर्वक पूरा गरेर संघीय संरचनाको सात पिलर मध्ये प्रदेश नं. १ को पिलरको रुपमा काम गर्न प्रदेश नं १ को प्रथम मुख्यमन्त्री बन्नका लागि तदनुरुप नै प्रचार सामग्री, अपील र प्रतिबद्धता बोकेर म चुनावी मैदानमा सामेल भएको थिएँ ।
मैले गत चुनावमा यहाँहरूलाई भनेको थिएँ— हाम्रो जिल्ला लामो समयदेखि ओझेलमा प¥यो, विकासमा पछाडि प¥यो, जहिल्यै मागेर, धाएर सानातिना विकासका मागहरू बोकेर हिड्नुपर्ने अवस्था रह्यो। हैसियत र पहुँच बढाउने, बनाउने तिर हाम्रो ध्यान पुग्न सकेन, यही कुरालाई चिर्न मैले झण्डै ३२ वर्ष लगातार एकरति विचलित नभइकन स्वच्छता र इमान्दारीताको कसीमा घोटिदै, जाँचिदै तपाईंको सर्मथन र अमूल्य मत पाएर राष्ट्रिय हैसियत र पहुँच बनाएँ, केन्द्रीय सरकारको मन्त्री बनेँ र त्यही अनुभव सहित डाडुपन्यूँ हातमा लिएर प्रदेश नं १ को समग्र विकासको खाका कोर्ने र भोजपुरको विकास र समृद्विमा ध्यान दिने बाचाका साथ प्रदेशमा चुनाव लड्न आएको छु भनेको थिएँ ।

अघिल्लो चुनावमा मेरो अपिललाई हृदयदेखि नै स्वीकार गरेर मलाई भारी मतले जिताउनुभएको थियो। त्यसरी चुनाव जिते लगत्तै मुख्यमन्त्रीको दौडमा भाग लिएर म मुख्यमन्त्री बनेको थिएँ । सर्वप्रथम अघिल्लो चुनावमा मलाई अमूल्य मत प्रदान गरेर भारी मतले विजयी गराएर मुख्यमन्त्री बनाउनु हुने सम्पूर्ण भोजपुरबासी दाजुभाइ तथा दिदीबहिनीहरूमा यो श्वेतपत्र जारी गर्दै गर्दा फेरि पनि विशेष आभार एवम् धन्यवाद व्यक्त गर्दछु।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,

म पुरै पाँच वर्षका लागि मुख्यमन्त्रीका रुपमा निर्वाचित भएको भए पनि पार्टी भित्रकै टुटफुट र विभाजनका कारणले मैले प्रदेश नं १ को प्रथम मुख्यमन्त्रीको रुपमा तीन वर्ष ६ महिना ७ दिन मात्रै काम गर्ने अवसर पाएँ । यसरी जनताको म्याण्डेट पाएर मैले इमान्दारीपूर्वक मुख्यमन्त्रीको रुपमा रहँदा मैले गरेका मुख्य-मुख्य कामहरूलाई यस श्वेतपत्र मार्फत् जारी गरेर भोजपुरबासी दाजुभाइ दिदीबहिनीहरूलाई यथार्थ जानकारी गराउन कर्तव्य ठानेर यो श्वेतपत्र जारी गरेको ब्यहोरा सबैमा अवगत गराउन चाहन्छु।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,

प्रदेश र जिल्लाको विकास र समृद्विका लागि मेरा धेरै योजना र सपनाहरू थिए । मैले तदनुरुप नै कामहरूको थालनी गरेको थिएँ । छरितो मन्त्रीमण्डल बनाएर चुस्त र मितव्ययी ढंगले काम गर्दै ६२ भन्दा बढी ऐन र सयौं कार्यविधि, नियमावलीहरू तर्जुमा गर्दै समग्र प्रदेशको विकासका लागि आवधिक योजना बनाएर स्वच्छ, सुखी र समुन्नत प्रदेशको मूल दृष्टिकोण तय गरेर प्रदेश विकासको योजनाबद्व थालनी गरेको थिएँ । उच्च शिक्षातर्फ प्राविधिक विश्वविद्यालय स्थापना गरेको थिएँ, भने प्रदेशको विकासलाई तीव्र बनाउन स्वीस सरकारबाट एक अर्ब रुपैयाँ अनुदान सहयोग समेत लिन म सफल भएको थिएँ ।

मैले जिल्लाबासीहरूको बीचमा बाचा गरे अनुसार सबै कामहरू साढे तीन वर्षमा गर्न सम्भव भएन । तर मैले जिल्लाको दीर्घकालीन महत्वका मुख्य आयोजनाहरू सडक, सडकपुल, सभाभवन, लिफ्टिंग खानेपानी र सिँचाईका आयोजनाहरू, कृषि वन, शिक्षा, स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम, खेलकुद मैदान, रंगशाला, पर्यटकीय पूर्वाधारहरू, मुन्धुम ट्रेल जस्ता महत्वपूर्ण आयोजनाहरू लगायतमा करिब पाँच अर्ब
बजेट राखेर आफ्नो बाचा पुरा गर्ने प्रयास मैले गरेको छु। यसलाई जिल्लाबासी दाजुभाइ दिदीबहिनीहरूले पक्कै पनि सकारात्मक रुपमा र ठूलो उपलब्धिको रुपमा लिनुभएको छ भन्ने ठानेको छु।

मुख्यमन्त्री भएर शेरधन राईले के गरयो भनी हात धोएर मेरो आलोचना मात्र गर्नेहरू पनि छन्। उनीहरू मलाई झन् बलियो बनाएर जिल्लाको विकास गर्नेतर्फ होइन, जहिल्यै पनि मेरा बारेमा भ्रम फैल्याउने र मलाई कमजोर बनाएर भोजपुरमा बसिसकेको विकासको जगलाई पूरा हुन नदिन सक्रिय छन्। मेरो विरोध गर्नेहरूले भोजपुरको विकासमा शेरधन राईले जस पाउने भो भनेर आत्तिएको मैले बुझेको छु।

उनीहरूलाई मैले भन्नु केही छैन, तर जनताको मतबाट चुनिएर डाँडुपन्यू हातमा लिन सक्ने पहुँच र हैसियत मैले नबनाएको भए यतिका आयोजना र बजेट जिल्लामा आउन कदापि सम्भव थिएन । प्रदेश सभामा मैले के मुख्यमन्त्री भोजपुरको मात्र हो ? भन्ने आरोप खेपेको छु। तर मैले चुनावमै भनेको थिएँ- डाँडुपन्यू हातमा भएपछि ओल्टो कोल्टो आफ्नोमा गर्न सकिन्छ । भोजपुरको विकास र समृद्वि मेरो सपना
भएकोले बजेटमा ओल्टो कोल्टो गरेर धेरै बजेट र आयोजना मैले राखेकै हो। यस श्वेतपत्र मार्फत मैले एउटा कुरा जिल्लाबासीलाई भन्नैपर्छ- म बहाल रहेको बेला प्रदेशले नाम पाएन । तर मैले प्रदेशको नाम राख्न नसकेको वा मेरो कारणले प्रदेशले नाम नपाएको भन्ने कदापि होइन । हामीले राजधानी टुंग्यायौं, तर नाम टुंग्याउन पार्टीहरू तयार भएनन्। प्रदेशसभाको अधिकार क्षेत्रभित्रको कुरा भएको र दुई तिहाई माननीय सदस्यहरूको मतबाट टुंग्याउनुपर्ने संवैधानिक ब्यवस्था रहेकोले मैले सरकार प्रमुखको हैसियतमा छलफल, परामर्श र सहजीकरण गर्ने काम गर्दागर्दै म सरकारबाट हट्नुपर्यो । म भन्दा पछिका दुई मुख्यमन्त्रीले पनि प्रदेशको नाम राख्न सकेनन्। उहाँहरू भएको बेला प्रदेशले नाम पाएको भए मलाई लगाइएको आरोप बिकाउ हुन सक्थ्यो। त्यसैले प्रदेशले नाम नपाउनुको दोष मेरो थाप्लोमा मात्र लगाउनु उचित हुनै सक्दैन ।

आदरणीय दाजुभाइ दिदीबहिनीहरू,

अब म साढे तीन वर्ष मुख्यमन्त्री पदमा बहाल रहँदा भोजपुरमा मैले राखेका मुख्य-मुख्य आयोजना तथा कार्यक्रम शीर्षक र बजेट अङ्कलाई यहाँ जस्ताको तस्तै प्रस्तुत गर्न चाहन्छुः

सडक यातायात कार्यक्रम आयोजना

जम्मा आयोजना सङ्ख्याः ६७
जम्मा बजेटः २ अर्ब २७ करोड ५९ लाख ४० हजार
बहुवर्षीय सडक यातायात आयोजना
जम्मा आयोजना सङ्ख्याः ३
जम्मा बजेटः २ अर्ब ३६ लाख ११ हजार

१ टक्सार एयरपोर्ट देखि भोजपुर सदरमुकाम बजार सम्मको सडक कालोपत्रे सम्पन्न (बजेटः १८ करोड ७७ लाख)

२ षडानन्द फालिदोबाटो-तुर्के कालोपत्रे सडक निर्माणाधीन (बजेटः ८२ करोड ९१ लाख ५४ हजार)

३ भोजपुर टक्सार-डडुवा मानेभन्ज्याङ-बैकुण्ठे-बासीखोरा-यूँ-बालांखा-रानीटार कलोपत्रे सडक दुई प्याकेजमा निर्माणाधीन (बजेटः ९८ करोड ६७ लाख ५७ हजार)

४ भोजपुरलाई तराईसँग छोटो दुरीमा जोड्ने रणनैतिक महत्वको सुनकोशी चुहार हसनपुर देखि घोरेटार, भोजपुर, दिंला हुदै भबिष्यमा संखुवासभा हुँदै चीनको नाका किमाथांका जोड्ने पहिलो खण्डको सडक ठेक्का प्रक्रियामा रहेको (बजेट पहिलो खण्डको १ अर्ब १० करोड) ।

मुख्यमन्त्री ग्रामीण सडक आयोजना

जम्मा आयोजना सङ्ख्याः ४
जम्मा बजेटः ८ करोड ८८ लाख

१ हतुवागढी खैराङ—दिमालुङ पूर्णेडाँडा—बयाङ जोड्ने मुख्यमन्त्री ग्रामीण सडक
(बजेटः २ करोड ८१ लाख)

२ आमचोक पसलभन्ज्याङ-बयाङ जोड्ने मुख्यमन्त्री ग्रामीण सडक (बजेटः १ करोड ९७ लाख)

३ दिंला सतीघाट मुख्यमन्त्री ग्रामीण सडक (बजेटः २ करोड ३७ लाख)

४ नागी अञ्चलडाँडा महाभीर झरना मुख्यमन्त्री ग्रामीण सडक (बजेटः १ करोड ७३ लाख)

सडक स्तरोन्नती र मर्मत

जम्मा आयोजना सङ्ख्याः ६०
जम्मा बजेटः १९ करोड ३५ लाख २९ हजार

१ भोजपुर न.पा. (सडक संख्याः १६, बजेटः २ करोड ५१ लाख ३२ हजार)

२ षडानन्द न.पा. (सडक संख्याः ७, बजेटः २ करोड ५१ लाख)

३ साल्पासिलिछो गा.पा. (सडक संख्याः १, बजेटः ४९ लाख)

४ अरुण गा.पा. (सडक संख्याः ३, बजेटः १ करोड ४५ लाख २९ हजार)

५ पौवादुङ्मा गा.पा. (सडक संख्याः ६, बजेटः ३ करोड ७ लाख)

६ ट्याम्केमैयुङ गा.पा. (सडक संख्याः ८, बजेटः ४ करोड २० लाख)

७ रामप्रसाद राई गा.पा. (सडक संख्याः ८, बजेटः १ करोड ८९ लाख)

८ हतुवागढी गा.पा. (सडक संख्याः ५, बजेटः १ करोड ३९ लाख २७ हजार)

९ आमचोक गा.पा. (सडक संख्याः १०, बजेटः २ करोड ७० लाख)

सडक पुलहरू

जम्मा आयोजना सङ्ख्याः १२
जम्मा बजेटः ८२ करोड ८३ लाख १२ हजार ४ सय ७

१ प्रदेश राजधानी र तराईसँग भोजपुरलाई छोटो दुरीमा जोड्ने सुनकोशी नदी चुहार हसनपुरमा पक्कीपुल निर्माणाधीन (बजेटः २१ करोड २३ लाख १२ हजार ४ सय ७)

२ भोजपुर न.पा. र हतुवागढी गा.पा., रामप्रसाद राई गा.पा. र आमचोक गा.पा. जोड्ने पिखुवा खोला पक्की पुल सम्पन्न (बजेटः ६ करोड ७२ लाख)

३ रामप्रसाद राई गा.पा. र आमचोक गा.पा. जोड्ने आरीखेला पक्कीपुल सम्पन्न (बजेटः २ करोड ६३ लाख)

४ रामप्रसाद राई गा.पा. बेहेर खोला पक्कीपुल सम्पन्न (बजेटः २ करोड ८३ लाख) छ। षडानन्द न.पा. र साल्पासिलिछो गा.पा. जोड्ने टाबुटार पक्कीपुल निर्माणाधीन (बजेटः ४ करोड ५० लाख)

५ अरुण गा.पा. र षडानन्द न.पा. जोड्ने यांगुवा खोला दोभान बंखुवा पक्की पुल निर्माणाधीन (बजेटः १ करोड ९४ लाख)

६ अरुण गा.पा. र षडानन्द न.पा. जोड्ने नखुवा दोभान पक्कीपुल निर्माणाधीन (बजेटः .१ करोड ४६ लाख)

७ भोजपुर न.पा., ट्याम्केमैयुङ गा.पा. र रामप्रसाद राई गा.पा. जोड्ने सिक्तेल खोला पक्की पुल सम्पन्न (बजेटः ३ करोड १५ लाख (स्वीस सरकार अन्तर्गत))

८ रामप्रसाद राई गा.पा. र हतुवागढी गा.पा. जोड्ने पक्कीपुल- स्वीस सरकार मार्फत् तर निर्माणाधीन रहेको बेला भाँच्चिएको अब बन्ने प्रक्रियामा रहेको (बजेटः ४ करोड ३७ लाख)

९ हतुवागढी हसनपुर चुहार र आमचोक दुङ्माना जोड्ने पक्कीपुल टेन्डर प्रक्रियामा रहेको (बजेटः ८ करोड)

१० ट्याम्केमैयुङ-कोट-गोगने जोड्ने राउते खोला पक्कीपुल टेण्डर प्रक्रियामा रहेको (बजेट ५ करोड ५० लाख)

११ भोजपुर नपा र टेम्केमैयुङ गापा जोड्ने पिखुवा खोला खाल्डे पक्की पुल (बजेट २ करोड ५० लाख) झोलुंगे पुल (सबै सम्पन्न)

जम्मा आयोजना सङ्ख्याः १२ वटा (आमचोक ४, साल्पासिलिछो ८) जम्मा बजेटः १ करोड ७६ लाख

खानेपानी

जम्मा आयोजना सङ्ख्याः ३६
जम्मा बजेटः ६६ करोड ६५ लाख १ हजार

खानेपानी आयोजना
जम्मा आयोजना संख्याः २५
जम्मा बजेटः १५ करोड ६० लाख २८ हजार

१ भोजपुर न.पा. (आयोजना संख्याः २, बजेटः १ करोड २ लाख)
२ षडानन्द न.पा. (आयोजना संख्याः १०, बजेटः ७ करोड ९९ लाख २८ हजार)
३ साल्पासिलिछो गा.पा.(आयोजना संख्याः २, बजेटः १ करोड २१ लाख)
४ पौवादुङ्मा गा.पा. (आयोजना संख्याः १, बजेटः ३ करोड १७ लाख)
५ ट्याम्केमैयुङ गा.पा. (आयोजना संख्याः ५, बजेटः १ करोड ७ लाख)
६ आमचोक गा.पा. (आयोजना संख्याः ५, बजेटः १ करोड १४ लाख)

लिफ्टिङ खानेपानी आयोजना

आयोजना संख्याः ११

जम्मा बजेटः ५१ करोड ४ लाख ७३ हजार

१ षडानन्द न.पा. अरुण नदी लिफ्टिङ खानेपानी आयोजना (आयोजना संख्याः ४, बजेटः २८ करोड ५४ लाख ७३ हजार)

२ अरुण गा.पा. लिफ्टिङ खानेपानी आयोजना (आयोजना संख्याः २, बजेटः २ करोड ९३ लाख)

३ आमचोक गा.पा. लिफ्टिङ खानेपानी आयोजना (आयोजना संख्याः १ (सम्पन्न), बजेटः ७८ लाख)

४ रामप्रसाद राई गा.पा. लिफ्टिङ खानेपानी आयोजना (आयोजना संख्याः २, बजेटः १२ करोड ४८ लाख)

५ हतुवागढी गा.पा. लिफ्टिङ खानेपानी आयोजना (आयोजना संख्याः २ (निर्माणाधीन), बजेटः ७ करोड ३१ लाख)

सिंचाई आयोजना तथा जल प्रकोप नियन्त्रण कार्यक्रम

जम्मा आयोजना संख्याः १६
जम्मा बजेटः ४ करोड ६ लाख

१ भोजपुर न.पा. (आयोजना संख्याः ७, बजेटः ३३ लाख)

२ षडानन्द न.पा. (आयोजना संख्याः ७, बजेटः २ करोड ३३ लाख)

३ साल्पासिलिछो गा.पा. (आयोजना संख्याः १, बजेटः ३५ लाख)

४ अरुण गा.पा. (आयोजना संख्याः १, बजेटः १ करोड ५ लाख) सभाभवन तथा सामुदायिक भवन

जम्मा आयोजना संख्याः ७
जम्मा बजेटः १३ करोड ७६ लाख ३० हजार

१ भोजपुर न.पा.ः भोजपुर सभाहल (बजेटः ६ करोड ), यलम्बर भवन (बजेटः २
करोड ५० लाख), दलित सञ्जाल भवन (बजेटः २ करोड २८ लाख), बिपी स्मृति
भवन (बजेटः २१ लाख), मदन स्मृति भवन (बजेटः ३ लाख)

२ षडानन्द न.पा: दिंला बजार बहुउदेश्यीय धर्मशाला भवन (बजेटः २ करोड ७७ लाख)

३ आमचोक गा.पा: बालांखा बजार सामुदायिक (बजेटः २ करोड ५२ लाख)

खेलकुद पूर्वाधार कार्यक्रम

जम्मा आयोजना संख्याः २५
जम्मा बजेटः २८ करोड ९७ लाख १५ हजार

१ भोजपुर न.पा.ः जिल्ला सदरमुकाम रंगशाला निर्माण (बजेटः १७ करोड), भोजपुर न.पा. कभर्ड हल (बजेटः २४ लाख), कृष्णलक्ष्मी स्पोर्टस कम्प्लेक्स दाँवा (बजेटः ३८ लाख)

२ षडानन्द न.पा. (आयोजना सङ्ख्याः ६ (रंगशाला, कबर्ड हल, खेलमैदान लगायत), बजेटः १ करोड ६१ लाख)

३ साल्पासिलिछो गा.पा. (आयोजना संख्याः २, बजेटः २८ लाख)

४ अरुण गा.पा. (आयोजना संख्याः २, बजेटः २८ लाख) छ। पौवादुङ्मा गा.पा. (आयोजना संख्याः २, बजेटः २८ लाख)

५ ट्याम्केमैयुङ गा.पा. आयोजना (आयोजना संख्याः ३, बजेटः ४८ लाख)

६ रामप्रसाद राई गा.पा. (आयोजना संख्याः १, बजेटः २२ लाख)

७ हतुवागढी गा.पा. (आयोजना संख्याः ३, बजेटः १ करोड २४ लाख १५ हजार)

८आमचोक गा.पा. (आयोजना संख्याः ३, बजेटः ५९ लाख)

शिक्षा

जिल्लाभरका विद्यालयहरूमा आइसिटी कक्षा, डिजीटल साक्षरता कार्यक्रम र कम्प्युटर ल्याब आदिका लागि बजेट विनियोजन गरिएका विद्यालयहरूको संख्या जम्मा १४२ र भोजपुर क्याम्पस गरी जम्मा कार्यक्रम संख्या १४३ र जम्मा बजेट १० करोड ३४ लाख ६५ हजार ८ सय ६८ रुपैयाँ ।

१ भोजपुर बहुमुखी क्याम्पस इ–लाइब्रेरी भवन (बजेटः १ करोड ७६ लाख २३ हजार ८ सय ६८)

२ आइसिटी कक्षा बजेट सहित, कम्प्युटर ल्याब आदिका लागि विद्यालयलाई अनुदान

जम्मा विद्यालय सङ्ख्याः १४२
जम्मा बजेटः ८ करोड ५८ लाख ६५ हजार

१ भोजपुर न.पा. (विद्यालय संख्याः १९, बजेटः १ करोड ३५ लाख १५ हजार)
२ षडानन्द न.पा. (विद्यालय संख्याः २३, बजेटः १ करोड ७७ लाख ५० हजार)
३ साल्पासिलिछो गा.पा. (विद्यालय संख्याः १७, बजेटः १ करोड ३१ लाख
४ अरुण गा.पा. (विद्यालय संख्याः १३, बजेटः ५६ लाख ५० हजार)
५ पौवादुङ्मा गा.पा. (विद्यालय संख्याः १५, बजेटः ७३ लाख (विद्यालय नर्स १ र
विज्ञान शिक्षक समेत १)
६ ट्याम्केमैयुङ गा.पा. (विद्यालय संख्याः १४, बजेटः ८५ लाख ५० हजार)
७ रामप्रसाद राई गा.पा. (विद्यालय संख्याः ११, बजेटः ४५ लाख (विद्यालय नर्स १ समेत))
८ हतुवागढी गा.पा. (विद्यालय संख्याः १६, बजेटः ८० लाख ५० हजार)
९ आमचोक गा.पा. (विद्यालय संख्याः १४, बजेटः ७५ लाख)

पर्यटन पूर्वाधार विकास आयोजना

जम्मा आयोजना संख्याः ३६
जम्मा बजेटः २९ करोड २७ लाख

१ मुन्धुम ट्रेल निर्माण आयोजना भोजपुर, ट्याम्केमैयुङ, षडानन्द र साल्पासिलिछो (बजेटः ९ करोड)

अन्य पर्यटन पूर्वाधार आयोजना

जम्मा आयोजना संख्याः ३६
जम्मा बजेटः २० करोड ७७ लाख

१ भोजपुर न.पा. (आयोजना संख्याः ३, बजेटः २ करोड )

२ षडानन्द न.पा. (आयोजना संख्याः ४, बजेट रु.१ करोड ३० लाख)

३ साल्पासिलिछो गा.पा. (आयोजना संख्याः १, बजेट १ करोड ११ लाख)
४ अरुण गा.पा. (आयोजना संख्याः २, बजेट रु.५० लाख)
५ पौवादुङ्मा गा.पा. (आयोजना संख्याः ६, बजेटः १ करोड २५ लाख)
६ ट्याम्केमैयुङ गा.पा. (आयोजना संख्याः ६ (ट्याम्के भ्यूटावर सहित), बजेटः ६ करोड)
७ रामप्रसाद राई गा.पा. (आयोजना संख्याः ३, बजेटः ५० लाख)
८ हतुवागढी गा.पा. (आयोजना संख्याः ५, बजेटः ४ करोड ७१ लाख)
९ आमचोक गा.पा. (आयोजना संख्याः ६, बजेटः ३ करोड ४० लाख)

जनता आवास कार्यक्रम

आयोजना क्षेत्रः भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका जम्मा बजेटः ४ करोड १८ लाख ५० हजार शहरी विकास तथा ढल व्यवस्थापन जम्मा कार्यक्रम संख्याः ८ (भोजपुर न.पा. २, षडानन्द न.पा. ५, अरुण गा.पा. २) जम्मा बजेटः १ करोड ५ लाख

प्रदेश सरकार निर्वाचन क्षेत्र तथा भौतिक पूर्वाधार विकास कार्यक्रम विभिन्न कार्यक्रम तथा आयोजनाहरू सम्पन्न, बजेटः ४ करोड

सुरक्षा व्यवस्था

जिल्लाको सुरक्षा ब्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन भवन निर्माण, भ्यान, मोटरसाइकल खरिद लगायतका शीर्षकहरूका लागि अनुदान, बजेटः १० करोड (करिब)

स्वास्थ्य

जिल्लाको अस्पताल र विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीहरूमा ५७ शीर्षकमा कार्यक्रम, जम्मा बजेटः ८ करोड ४० लाख (करिब)

कृषि तथा वन

कृषि अनुदान कार्यक्रम संख्याः ४
जम्मा बजेटः ५३ लाख

ट्याम्केमैयुङ गा.पा. (कार्यक्रम सङ्ख्याः २, बजेटः ३२ लाख ९० हजार) भोजपुर न.पा. (कार्यक्रम सङ्ख्याः २, बजेटः २० लाख १० हजार)

अन्य

वन, भू तथा जलाधार ब्यवस्थापन, प्रदेश वन विकास तथा ब्यवस्थापन, बन्यजन्तु तथा बासस्थान संरक्षण र प्रदेश हरित अभियान कार्यक्रम सञ्चालन

कार्यक्रम संख्याः ४

जम्मा बजेटः १० करोड ३८ लाख ६८ हजार

यसरी भोजपुर जिल्लाका लागि विकास र समृद्धिको पूर्वाधार निर्माण गर्न ल्याइएका आयोजना सङ्ख्या र कुल बजेटको सारांशलाई तलको तालिकामा प्रस्तुत गरिएको छ ।

जिल्लामा जम्मा आयोजनाको सङ्ख्या ४२४
जम्मा बजेट ४ अर्ब ९२ करोड ९२ लाख ३४ हजार
८ सय ६८ रुपैयाँ

प्रदेशको मुख्यमन्त्री बन्नुमा मेरो एउटै सपना थियो प्रदेश नं. १ को विकास र समृद्धि । राजनीतिक कारणबाट मैले पाएको म्यान्डेट अगावै पद छाड्नुपरयो, र १० वर्ष प्रदेशको नेतृत्व गरी विकास र समृद्धिको नमूना पेश गर्ने मेरो सपना पूरा हुन पाएन, तर पनि मैले त्यसको बलियो जग बसाउने काम गरेको छु।

भोजपुरका लागि मैले ल्याएका कार्यक्रमहरू त्यसका नमूना मात्र हुन्। राष्ट्रिय राजनीतिमा अझ बलियो भएर विकास समृद्धि हासिल गरी मेरो
जन्मभूमि, कर्मभूमि र मेरा मतदाताहरूको जीवनलाई उकास्न यो पटक मैले प्रतिनिधिसभा सदस्यको रुपमा उमेदवारी दिने निर्णय लिएको हुँ । म यसपटक सम्पूर्ण जिल्लाबासीको साझा मतबाट प्रतिनिधिसभा सदस्यको रुपमा भोजपुरको प्रतिनिधित्व गर्न चाहन्छु।

एक इमान्दार, स्वच्छ र यस पटकको निर्वाचनमा जिल्लाको एक मात्र डाडुपन्यू चलाएको अनुभव भएको उम्मेदवार भएको कारण तपाईंहरूको अमूल्य मतबाट म यसपटक भोजपुरलाई विकास र समृद्धिको उचाईमा पु¥याएरै छाड्ने अठोट गर्दछु। त्यसका लागि सम्पूर्ण जिल्लाबासी
मतदाता आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा सूर्य चुनाव चिन्हमा मतदान गरी म र नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवारहरूलाई भारी मतले विजयी गराउन हुन हार्दिक अपिल गर्दछु।

धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु