-पिक्सबे

विराटनगर । भारतबाट ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले तीन साताभित्र भारतबाट युरिया मल आउने जनाएको हो ।

लिमिटेडका महाप्रबन्धक राजेन्द्र कार्कीका अनुसार नेपाल सरकार र भारत सरकारबीच भएको जीटूजी सम्झौताअनुसार आउन लागेको मल गहुँ, उखु र मकैको खेतीमा प्रयोग हुने छ ।

नेपालमा मल ल्याउनका लागि भारततर्फको सरकारी राष्ट्रिय केमिकल फर्टिलाइजर कम्पनीले जिम्मेवारी पाएको छ । यो कम्पनीले अबको १ महिना भित्रमा भारतबाट नेपालको बोर्डरदेखि २५ किलोमिटर भित्रसम्म रहेका गोदामसम्म मल ल्याउने छ ।

कार्कीले विश्व बजारको तुलनामा भारतबाट आउन लागेको मलको मूल्य नै केही सस्तो रहेको जानकारी दिए ।

भारतबाट आउन लागेको मल प्रति मेट्रिक टन ७ सय ४२ अमेरिकी डलर खरिद मूल्य पर्छ । यो विश्व बजारको तुलनामा सस्तो रहेको लिमिटेडले जनाएको छ ।

21
Shares
१३ कार्तिक २०७९, आईतवार १५:२२