विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले छठ पर्वको शुभकामना व्यक्त गरेका छन् ।

राईले आइतबार एक सन्देश जारी गर्दै छठ पर्वको शुभकामना दिएका हुन् ।

‘छठ लगायतका नेपाली पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस्, र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस्’ शुभकामना सन्देशमा भनिएको छ, ‘सद्भाव अनि भ्रातृत्वको प्रतीक छठ पर्वकाे अवसरमा संसारभरि फैलिएर रहनुभएका नेपाली दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको र यिनै विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको उल्लेख गर्दै मुख्यमन्त्री राईले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व रहेको बताएका छन् ।

प्रकृति र सभ्यताको अनुपम उदाहरण छठ पर्व समापनका अवसरमा प्रदेश नं. १ सरकारका तर्फबाट थप एक दिन बिदा दिई यस पर्वप्रति सरकारले उच्च सम्मान प्रकट गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

तिहारको समापनसँगै कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई अर्घ्य दिएर छठपर्व मनाइन्छ ।

छठका घाट

मुख्यगरी षष्ठी तिथिका दिन मनाइने छठपर्व तराईमा मात्र होइन अहिले हिमाल–पहाड सर्वत्र प्रचलित हुन थालेको छ ।

3
Shares
१३ कार्तिक २०७९, आईतवार १४:५२