नेपाली टोलीको पहिलो रोजाइको गोलरक्षकको भूमिका निर्वाह गरिरहेकी उनलाई क्लबले एक वर्षका लागि अनुबन्धित गरेको हो ।
सुब्बा नेपालबाट आईडब्ल्यू खेल्ने तेस्रो खेलाडी हुन् । यसअघि नेपाली फरवार्डद्वय सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले सोही क्लबबाट आईडब्ल्यू खेलेका थिए ।
गोलरक्षक सुब्बाका लागि आईडब्ल्यू दोस्रो अन्तर्राष्ट्रिय लिग हो । यसअघि उनले पाकिस्तानमा आयोजना भएको नेशनल वुमेन्स फुटबल च्याम्पियनसिपमा सहभागिता जनाइसकेकी छिन् ।
लिग आफ्नो लागि नयाँ कुरा सिक्ने र क्षमता प्रदर्शन गर्ने राम्रो मौका भएको सुब्बाले प्रतिक्रिया दिएकी छिन् ।एपिएफ क्लबसँग आबद्ध रहेकी उनी स्थगित रहेको नेपाली महिला लिगका दोस्रो राउन्ड सुरू नभए डिसेम्बरमा आईडब्ल्यू खेल्न भारत प्रस्थान गर्ने छिन् ।