सांकेतिक तस्बिर ।
विराटनगर । आपसी विवादका क्रममा खोटाङमा भतिजको खुकुरी प्रहारबाट काकाको मृत्यु भएको छ । ४३ वर्षका भतिजा पत्थरमान राईले खुकुरी प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाँवुभञ्ज्याङका ५९ वर्षीय काका मानबहादुर राईको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
गर्धनमा खुकुरी प्रहार गरिएका राईको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले जनाए ।
पत्थरमानले मदिराको नशामा रहेका बेला विवाद हुँदा काकालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।