विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले सडक विस्तार गर्दा दार्चुलामा नेपाली बालकको ज्यान गएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
ओलीले फेसबुकमा स्टाटस लेखेर घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषिमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् ।
‘तुइन काटेर गएको वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’ भनेर ओलीले प्रश्न गरेका छन् ।
नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा ढुंगाले लागेर शुक्रबार दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराको ज्यान थियो ।