काठमाडौं । मंसिर ४ बाट कतारमा सुरु हुने विश्वकपका लागि विश्वकपमा छनोट भएका सबै देशले आफ्नो राष्ट्रिय टिम घोषणाको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

प्रतियोगिता सुरु हुन २२ दिन बाँकी रहँदा कतारले सबैखाले तयारी पुरा गरिसकेको दावी गरेको छ।

कतार विश्वकप घोषणा भएदेखि नै अनेकन विवाद र आलोचनाको घेरामा रहँदै आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

कतारले भने सबै आलोचना र पश्चिमी राष्ट्रहरूले विश्वकप सार्नका लागि गरेका अनेकन प्रयासलाई असफल बनाएको दावी गर्ने गरेको छ।

कतार विश्वकप हेर्नका लागि संसारभरका समर्थकलाई कतार आउन कतारले आग्रह गरेको छ।

कतार अहिलेसम्मकै सर्वाधिक महँगो विश्वकप बन्दै छ। कतारले पूर्वाधारको लगानीमा मात्र करिब १ सय ३८ बिलियन पाउन्ड (२ सय २० बिलियन डलर) बराबरको अनुमानित रकम खर्च गरेको छ।

यसअघि ब्राजिलले ११.६ बिलियन पाउन्ड र रसिया १४.२ बिलियन पाउन्ड खर्च गरेका थिए।

यी दुईभन्दा कतार विश्वकप झण्डै १० गुणा बढी हो। यसको कारण भनेको कतारले सुरुवातबाटै बनाएका सात सुविधा सम्पन्न नयाँ रंगशालाको निर्माण हो। यो पनि दक्षिण अफ्रिकाले विश्वकपमा गरेको ३.५ बिलियन डलरभन्दा ६४ गुणा धेरै हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु