विराटनगर । शनिबार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको हो।

राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
केही दिनदेखि देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ ।

अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो बढेको मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु