काठमाडौं । चिसो मौसम सुरु भएपछि डेंगु संक्रमितको संख्या घट्न थाले पनि कात्तिक महिनाभरि संक्रमणको जोखिम कायमै रहने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् ।

जाडो बढेपछि लामखुट्टेको वृद्धि विकास पनि कम हुन्छ र त्यसपछि बिस्तारै सङ्क्रमितको सङ्ख्या कम हुन सक्ने उनीहरुको भनाइ छ ।

सबै जिल्लामा फैलिएको डेङ्गीबाट अहिलेसम्म ४६ हजार सङ्क्रमित भइसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म ४६ हजार ४१३ जना सङ्क्रमित भइसकेका छन् । संक्रमणबाट ५२ जनाको ज्यान गएको छ ।

सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार सङ्क्रमितमध्ये करिब ८० प्रतिशतलाई डेङ्गीको लक्षण कडा नहुने र ५ प्रतिशतभन्दा कमलाई मात्र कडा देखिने भएकाले प्रायजसो लक्षण भएर वा नभएर नै सङ्क्रमित भइसकेकाले वास्तविक सङ्ख्या धेरै हुन सक्छ ।

नेपालमा २, ३ वर्षको अन्तरालमा डेङ्गीले प्रकोपको रुप लिने गरेको छ । तीन वर्षअघि १७ हजार ९ सय ९२ जना डेंगुबाट सङ्क्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगुबाट ६ जनाको मृत्यु भएको थियो ।

बिरामीले पौष्टिक आहारमा ध्यान दिनुपर्ने

पछिल्लो समय डेगु संक्रमण भएका अधिकांशमा लामो समयसम्म यसको असर देखिने गरेको छ। संक्रमित धेरैमा कमजोरीपना देखिने गरेको छ। अघिल्ला वर्षहरु संक्रमित भए पनि लामो समयसम्म थला नपर्ने गरेको चिकित्सकहरुले बताएका छन्।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार विगतका वर्षहरु भन्दा यो वर्ष डेंगु संक्रमण फरक देखिएको छ ।

अहिले धेरै जनामा लामो समयसम्म कमजोरी महसुस हुने, कपाल झर्ने, श्वास फेर्न गाह्रो हुने, टाउको भारी हुने समस्या देखिने गरेको उनको भनाइ छ ।

विभिन्न देशका रिपोर्टलाई हेर्ने हो भने डेंगु भएका बिरामीमा यस्ता समस्याहरु देखिने गरेको डा. पुन बताउँछन्।

विभिन्न देशका रिपोर्टहरु हेर्दा यस्ता समस्या रिपोर्ट भएको देखिएको छ। नेपालमा सन् २०१९ मा डेंगुले महामारीको रुप लिएको थियो ।

डा. पुनका अनुसार बिरामीले आफूलाई पहिलेकै अवस्थामा फर्काउनका लागि पौष्टिक आहारमा जोड दिनु पर्छ।

सागपातदेखि लिएर सिजनल फलफूल, मिनरलहरु प्रशस्त मात्रामा खानुपर्ने उनले बताए ।

यसैगरी आफूलाई सकेसम्म अलि सक्रिय राख्न कोशिस गर्नु पर्नेमा उनी जोड दिन्छन् । ‘मनमा धेरै कुरा खेलाउनु गर्ने हुँदैन, यसले गर्दा मानसिक स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ’ डा. पुनले भने ।

विभिन्न देशमा गरिएका अनुसन्धानका अनुसार डेंगु संक्रमणपछि देखिने समस्याहरु विस्तारै आफैं कम भएर जान्छन्। केही अनुसन्धानमा डेंगुको असर दुई वर्षसम्म पनि देखिने गरेको डा. पुनले बताए।

नेपालमा हालसम्म ७७ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ । सबै गरी ४२ हजार ५०४ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ५१ जनाको मृत्यु भएको छ।

नेपालमा डेगीं ज्वरोका बिरामी वर्षेनी देखिने गरे पनि यो वर्ष भने अहिलेसम्मकै धेरै संख्यामा संक्रमित भएका छन्।

सन् २००४ मा पहिलो पटक नेपालमा एक विदेशी नागरिकमा डेगीं देखिएको थियो। त्यसयता सन् २०१९ मा डेगीं संक्रमितको संख्या १९ हजार पुगेको थियो। तर अहिले यो संख्या दुई गुणाभन्दा बढी देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु