काठमाडौं । क्यान ११ महिला टोलीले टी ट्वान्टीमा एमसीसी वुमन्सलाई हराएको छ । पोखरा किकेट रंगशालामा शुक्रबार क्यान ११ ले १९ रनको जित निकालेको हो ।

क्यान ११ ले दिएको १०० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एमसीसी १९ ओभर ४ बलमा अलआउट हुँदै ७८ रनमा समेटियो ।

एमसीसीका लागि एलिजा हवार्डले अविजित २० तथा एबी ह्वाइब्रोले १९ रन जोडिन् । क्यान ११ का कप्तान रुबिनाले ह्याट्रिकसहित ५ विकेट लिइन् । यस्तै कविता कुँवर र नेरी थापाले २(२ तथा सिता राना मगरले १ विकेट हात पारिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यान(११ ले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

क्यान(११ का लागि नेरी थापाले १८ रन जोडिन । सम्झना खड्का र कविता कुँवरले समान १७, १७ रन जोड्दा सुमन खतिवडाले १६ रन बनाइन् ।

एमसीसीका लागि राचेल पोटरले ३ तथा रिया र अमान्डाले २र२ विकेट लिए । क्यान ११ र एमसीसीबीच शनिबार ४० ओभरको खेल हुनेछ ।

21
Shares
११ कार्तिक २०७९, शुक्रबार १८:३७