४४ अर्ब डलर डिल क्लोज गरेसँगै मस्कले ट्विटरका सिइओसहित उच्च कर्मचारी बर्खास्त गरेका हुन् ।
बर्खास्त गरिएका ट्विटरका अधिकारीहरुमा ट्विटरका प्रमुख कार्यकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल, शीर्ष कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेट रहेका छन् ।मस्क बुधबार सान फ्रान्सिस्कोस्थित कम्पनीको मुख्यालय पुगेका थिए र इन्जिनियरहरू र विज्ञापन कार्यकारीहरूसँग भेटेका थिए ।