स्पेन । घरेलु मैदान क्याम्प नाेउमा जर्मन जाइन्ट्स बायर्न म्युनिखसँग ३-० ले स्तब्ध भएसँगै स्पेनिस क्लब बार्सिलाेना युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।
बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपछि बार्सिलोना तेस्रो स्थानमा रहदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । समूह चरण तेस्राे स्थानमा टुङ्ग्याएकाे बार्सिलोनाले अब युरोपा लिग खेल्नेछ ।
बायर्नको जितमा साडियो माने, मोटिङ र बेन्जामिन पाभार्डले एक-एक गोल गरे ।
जितसँगै बायर्न ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेकाे छ । बायर्नसँगै १० अंक बटुलेकाे इन्टर मिलानले पनि राउन्ड अफ १६ मा स्थान पक्का गरेकाे छ ।
समूह ‘सी’काे तेस्राे स्थानमा बार्सिलाेना रहँदा चेक रिपब्लिककाे क्लब भिक्टाेरिया प्लिजेनले अंकविहीन रहँदै यस सिजनकाे युईएफए च्याम्पियन्स लिग टुंग्याएकाे छ ।