काठमाडाैं । आज तिहारको पाँचौ तथा अन्तिम दिन भाइटीका ।

तिहारकाे मुख्य दिन मानिने भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गर्दै सप्तरङ्गी लगाइदिने गरिन्छ ।

आजकाे दिनलाई मौसमले पनि साथ दिएको छ । बिहानैदेखि लागेकाे पारिलाे घामले दिन घमाइलाे बनाइरहेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहे पनि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले आंकलन गरेकाे छ ।

प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले वर्षा हुन सक्ने महाशाखाले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु