काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको जनाएको छ ।

समितिका अनुसार जुरेको समय सबैभन्दा उत्तम भएपनि दिनभर जुनै समयमा पनि टीका ग्रहण गर्न सकिने बताएको छ ।

सर्वसाधारणले आफ्नो समय अनुकुल हुने गरी टीका लगाउन सक्ने बताइएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ ।

यस वर्ष कात्तिक ६ गतेदेखि यमपञ्चक सुरु भएको हो । कात्तिक ६ गते आइतबार कागतिहार, कात्तिक ७ गते सोमबार कुकुरतिहार र लक्ष्मीपूजा, कात्तिक ८ गते मंगलबार गाईपूजा, कात्तिक ९ गते बुधबार गोवर्द्धन पूजा र म्हपूजा, र कात्तिक १० गते भाइटीका परेको छ ।

भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ ।

तस्बिर साैजन्यः जनजाति खबर

7
Shares
१० कार्तिक २०७९, बिहीबार ०६:५१