के बुढाबुढी
सबै सबै नयाँ लुगा लगाएर
पिङमा रमाइरहँदा पो आउँथ्यो
उमङ्गको तिहार ।
मखमली, सयपत्री, गोदावरी फूल
आँगन आँगनमा ढकमक्क फुल्दै
सुवास छरे पो आउँथ्यो
फूलको तिहार ।
छमछमी नाच्दै तन्नेरीहरु
देउसीभैलो खेल्दै
आँगनभरि घुमे पो आउँथ्यो
देउसीभैलो तिहार ।
आहा १ आहा ११ केराको थम्बा
लक्ष्मीको पूजा
झिलिमिली बत्ती
झललल पारे पो आउँथ्यो
झिलिमिली तिहार ।
लक्ष्मीको आगमन
धूप, दीप, नैवेद्य, घन्ट अनि शंखघोष
अनि पो त आउँथ्यो
भक्तिको तिहार ।
काग तिहार, कुकुर तिहार, गोरु तिहार
गोबर्द्धन पूजा, गाईतिहार
दिदी भाइको प्रेमको प्रतीक भाइतिहार
गलामा माला
निधारमा सप्तरङ्गी टीका
अनि पो आउँथ्यो साँच्चैको तिहार ।