विराटनगर । सोलुखुम्बुमा क्यानेडेली नागरिक मृत भेटिएका छन् । महाकुलुङ गाउँपालिका वडा नम्बर १ मा क्यानाडाका नागरिक ५२ वर्षका दानेल क्लाउटर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रहरीका अनुसार मेरापिक हिमाल आरोहण गरेर फर्किएका क्लाउटर एक होटलमा सुतेकै ठाउँमा मृत भेटिएका हुन् ।

उनको शव हेलिकप्टरबाट लुक्ला ल्याएर कानुनी प्रक्रिया पूरा गरी काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु