विराटनगर । पूर्वबाट ‘राष्ट्रिय नेताको अभिभावकत्व’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गर्ने नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गोपी अछामीले बताएका छन् ।

राष्ट्रिय सभामा माओवादीका प्रमुख सचेतकसमेत रहेका अछामीले मंगलबार पत्रकारसंग कुरा गर्दै मुलुकको नेतृत्व गर्नका लागि पूर्वरले कुशल नेता खोजी गरिरहेको बताएका हुन् ।

विगतमा लोकतन्त्र वा गणतन्त्रको लडाईंमा गिरिजाप्रसाद कोइरालाको योगदान र भूमिका हेर्दा पूर्व क्षेत्रमा कुशल नेताको अभावमा देखिएको बताए ।

पूर्वको विकास र सम्बृद्धिका लागि गिरिजाप्रसादपछि कुशल नेताको अभाव डा. कोइरालाले पूरा गर्नसक्ने अछामीले दाबी गरे ।

‘गिरिजाबाबुपछि पूर्व क्षेत्रमा कुशल नेताको अभाव खट्किएको छ। त्यसैले पनि पूर्वको विकासको लागि एउटा नेता चाहिएको छ । भोलिका दिनमा त्यो नेताको भूमिका निर्वाह गर्ने नै डा.शेखर कोइराला हुन्।’

मोरङ क्षेत्र नम्बर ४ मा उल्लेख्य सुधार हुँदै आएको बताएका नेता अछामीले बाँकी ५ वटा निर्वाचन क्षेत्रमा गठबन्धनको अवस्था राम्रो रहेको दाबी पनि गरे ।

एमालेस्ँग राप्रपा, जसपाको गठबन्धन प्रतिगमनकारी गठबन्धन भएको टिप्पणी गरे । उनले भने, ‘एमाले र राप्रपाबीचको गठबन्धन प्रतिगमनकारी गठबन्धन हो । त्यसमा एमालेले राजालाई समातेको हो वा राप्रपाले राजालाई छाडेको हो। दुवै दल के लक्ष्यमा अघि बढेका हुन् प्रष्ट छैन।’

मोरङ क्षेत्र नम्बर ६ बाट अघिल्लोपटक निर्वाचनमा जितेर गएका नेताले प्रभावकारी काम गर्न नसक्दा स्थानीयमा आक्रोश रहेको उनको भनाई छ ।

मोरङ क्षेत्र नम्बर ६ को ‘क’ मा माओवादीतर्फबाट जीवन आचार्य र प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका केदार कार्की उम्मेदवार छन्। आचार्य माओवादी केन्द्रको केन्द्रीय कमिटी सदस्य र कार्की प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्री हुन् ।

उक्त क्षेत्रमा ६४ हजार ८ सय २३ महिला र ६१ हजार ९ सय ३७ पुरुष गरी १ लाख २६ हजार ७ सय ६१ मत रहेको छ ।

मोरङ ६ मा नेकपा (एमाले) बाट प्रतिनिधि सभातर्फ लालबाबु पण्डित, प्रदेश सभामा कृष्ण (पर्शुराम) बस्नेत, रिता न्यौपाने छन् । क्षेत्रमा एमालेसँग तालमेलमा रहेको जनता समाजवादी पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद गुप्ता समेत छन् ।

588
Shares
८ कार्तिक २०७९, मंगलवार १६:०३