कन्जरभेटिभ पार्टीकाे नेतृत्वमा छनाेट भएसँगै सुनक बेलायती प्रधानमन्त्री बन्ने निश्चित भएकाे हाे ।
पार्टीकी पूर्व प्रमुख एवम् निवर्तमान प्रधानमन्त्री लिज ट्रससँग पार्टीकाे नेतृत्वका लागि भएकाे प्रतिस्पर्धाकाे सात सातापछि सुनक नेतृत्वमा आएका हुन् ।पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक पार्टी प्रमखु बन्दै प्रधानमन्त्री बन्ने भएका हुन् ।
सन् २०२० मा बेलायतको अर्थमन्त्री रहेका सुनक देशले आर्थिक र उर्जा संकटको सामना गरिरहेका बेला प्रधानमन्त्री बन्दैछन् । वर्तमान अवस्थामा बेलायत मूल्य वृद्धिको चपेटामा परिरहेको छ ।