यही क्रममा अपराधी पत्ता लगाउन प्रयोग गरिने ‘फौजी कुकुर’को पनि पूजा गरिएको छ ।
नेपाल प्रहरीको काठमाडौं, महाराजगञ्जस्थित केनाइन महाशाखाले अपराधी पत्ता लगाउने कुकुरको पूजाआरधाना गर्दै विभिन्न कलाकौशल प्रस्तुत गर्न लगाएर कुकुर तिहार मनाएको छ ।केनाइन महाशाखाले कुकुरलाई तालिम दिने गरेको छ । महाशाखाले दिएको तालिमका आधारमा कुकुरले अपराधी पत्ता लगाउने गरेको छ । महाशाखाका अनुसार हाल ९३ वटा तालिमप्राप्त कुकुर छन् ।
