विराटनगर । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सोमबारदेखि बिदा सुरु भएको छ । आगामी बिहीबार भाइटीकाको दिनसम्म तिहारको बिदा हो ।

धेरैजसो सरकारी कार्यालय भने आउँदो १४ गतेदेखि मात्रै खुल्ने सम्भावना छ । भाइटीकाको भोलिपल्ट शुक्रवार परेको अनि पर्सिपल्ट छठ पर्व परेको छ ।

१३ गते आइतवार परेको छठ पर्वमा पनि सार्वजनिक बिदा दिइएको छ । त्यसैले धेरैजसो सरकारी कार्यालय १४ गतेदेखि मात्रै खुल्ने सम्भावना छ ।

सोमबार यमपञ्चकको तेस्रो दिन हो । तिथिका कारण आजै कुकुर पूजा र लक्ष्मी पूजा परेको छ । लक्ष्मीपूजाका दिन जन्मिएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पनि आजै देश र विदेशमा समेत मनाइँदैछ ।

यस अवसरमा विराटनगरको देवकोटा पुस्तकालयले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर महाकविको स्मरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु