विराटनगर । कोरोना भाइरसको ओमिक्रोनको सबभेरियन्ट (एक्सबीबी) नेपालमा पनि भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक उक्त भेरियन्टबाट संक्रमित भएकाको पहिचान गरिएको हो ।

उक्त भेरियन्ट विभिन्न मुलुकमा फैलिरहेको छ । विज्ञहरुका अनुसार यस अघिका भेरियन्ट भन्दा उक्त भेरियन्ट बढी संक्रामक रहेको छ ।

साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरिएको थियो ।

तीमध्ये केही नमुनाको ‘जिनोमिक’ पहिचान गरेको थियो । मन्त्रालयका अनुसार नमुनाको परीक्षण गर्दा एक्सबीबी सबभेरियन्ट पहिचान भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु