गगन नुनिया

विराटनगर । तिहारको दोस्रो दिन विराटनगरको बजार व्यस्त देखिएको छ ।

उज्यालको पर्वको रुपमा लिइने तिहारमा आवश्यक पर्ने सामग्री खरिद गर्न बजारमा सर्वसाधारणको बाक्लो भीड लागेको छ । मान्छेहरुको भिड सबै प्रकारका पसलहरुमा उस्तै देखिएको छ ।

झिलिमिली बत्ती, फूल, माटाका दियो, पाला, कुचो, नाङ्लो, लत्ताकपडा, गहना, मिठाई र खाद्यान्न पसलहरुमा मानिसको घुइँचो छ । त्यसबाहेक पूजा सामग्री पाउने दोकानहरुमा पनि मानिसको उपस्थिती बाक्लो छ ।

तिहार ७

मन्दिर वरपर पूजा गर्ने मानिसहरुको संख्या पनि उस्तै छ । रङ्गोली बनाउन प्रयोग गरिने रङ्ग किन्न दोकानमा सर्वसाधारण अधिक छन् ।

भिडमा युवा पुस्ताको संख्या निकै छ । बजार घुमफिर गर्ने, फोटो सुट गराउने र टिकटक बनाउने जमातको संख्यामा पनि बजारमा बाक्लो छ ।

शृङ्गार र साैन्दर्य सामग्री खरिद गर्ने मानिसहरूकाे संख्या बजारमा उस्तै छ ।

विराटनगरस्थित भाटभटेनी, सेन्ट्रल मल लगायत अन्य सपिङ मलमा सामान खरिद गर्नेहरूको संख्या पनि उत्तिकै छ ।

क्यूएफएक्स, सेन्ट्रल मल्टिप्लेक्स, सिटी सिनेमा, हिमालय टाकिज लगायत सिनेमा हलहरुमा फिल्म हेर्न आउनेहरुको भीड पनि ठूलो छ ।

तिहार ५

बैंक, वित्तिय संस्था र एटीएममा पनि मानिसको घुइँचो छ । होटल, रेस्टुरा र क्याफेतिर पनि रमाइलो गर्ने ठूलो जमात देखिएको छ ।

अन्य बेलाभन्दा सवारीसाधन र मानिसको संख्या अधिक भएकाले महानगर क्षेत्रभित्रका सडकमा ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ ।

तिहार ६

सामान खरिद गर्न टाढाटाढाबाट विराटनगर र छिमेकी राष्ट्र भारतमा रहेको सीमावर्ती बजारमा जोगबनी आउने सर्वसाधारणको संख्याले सडक, पसल, सवारी साधन र बाटोमा मानिसको भिड उच्च छ ।

थप तस्बिरहरू

(प्रशिक्षार्थी)

63
Shares
७ कार्तिक २०७९, सोमबार १०:५१