यस वर्षको कुकुर तिहारको अवसरमा गरिने उक्त कार्यक्रममार्फत मूलतः कुकुर र गाईविरुद्धको हिंसा बन्द गरौं भन्ने शिक्षा प्रदान गर्ने उद्देश्य राखिएको समितिले बताएको छ ।
तिहारमा मात्र नभई कुकुर र गाईलाई हरेक दिन माया गर्न र सके खाना खुवाउन कार्यक्रमले प्रेरित गर्ने समितिकी मोरङ संयाेजक एलिना प्रसाईले बताइन् ।विगत तीन वर्षयता विराटनगर र आसपासको क्षेत्रका तीन सय बढी कुकुरलाई उद्धार गरिसकेकी प्रसाईले असहय र बेवारिसे कुकुरलाई संरक्षण गर्दै आइरहेकी छिन् ।
‘मान्छेले सडकमा भएका कुकुरलाई ढुङ्गा हान्ने, खाना खाँदै गरेको अवस्थामा दुव्र्यवहार गर्ने गर्छन्’ उनले भनिन्, ‘यस्ता व्यवहार बन्द गर्न कार्यक्रमले प्रयास गर्नेछ । कार्यक्रमको मुख्य उद्देश्य जनावरलाई माया गर्नु पर्छ भन्ने हो ।’सके आफूले संरक्षण गरौं, नसके दुर्व्यवहार भन्ने भावना मानिसप्रति जागृत गराउन कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।
कार्तिक ७ गते (सोमबार) हुने यो कार्यक्रममा हिन्दु जागरण नेपाल मोरङका अध्यक्ष गणेश प्रसाद भट्टराई, हिन्दु जागरण नेपाल, मोरङ महिला विभागकी अध्यक्ष रमा प्रसाई, ट्राफिक प्रहरी र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहने बताइएको छ ।
आफ्नो घरमा पालिएका घरपालुवा कुकुरसँगै सडकका बेवारिसे कुकुरलाई खाना खुवाउने र टीका लगाइदिने कार्यतालिका रहेको कार्यक्रम विराटनगरस्थित ट्राफिक चौकमा बिहान सात बजे सुरू हुनेछ ।