आईतवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभुत तालिम १–१८१औं समूहको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक सिंहले सो निर्देशन दिएका हुन् ।
देश निर्वाचनमय भइसकेको र नेपाल सरकारले नेपाल प्रहरीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको भन्दै महानिरीक्षक सिंहले त्यसलाई सफल तरिकाले समापन गर्नतर्फ सबैले ध्यान दिनु पर्ने बताए ।प्रहरीलाई कानूनको परिधिभित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन र गैरकानुनी तथा आपराधिक क्रियाकलापविरुद्ध निर्मम हुन समेत उनले निर्देशन दिएका छन् ।
‘चेन अफ कमाण्ड’ नेपाल प्रहरीले अवलम्वन गर्दै आएको व्यवसायिक संस्कृति भएको उल्लेख गर्दै यसको परिधिभन्दा बाहिर नजान उनले सबै प्रहरीलाई आग्रह गरेका छन् ।