काठमाडौं। काठमाडौंस्थित भृकुटीमण्डपमा पाँचौँ रोटी मेला आयोजना भएकाे छ ।

मेलामा विभिन्न प्रकारका रोटी प्रदर्शनमा राखिएको छ ।

‘रोटी चिनौँ, रोटी खाउँ, हाम्रो संस्कृति बचाउँ’ भन्ने मूल नाराका साथ रोटी मेला आयोजना गरिएको हो ।

मेलामा नेपालका विभिन्न समुदायले बनाउने र खानका लागि प्रयाेग गर्ने राेटी प्रदर्शनीमा राखिएकाे छ ।

धिमाल समुदायले बनाउने भक्का राेटी, नेवारी समुदायकाे ल्वाङ फूल, मधेशकाे मठरि, अछामकाे भक्काने राेटी, काेदाेकाे राेटी, कमलकाे फूल राेटी, लक्ष्मी राेटी लगायत राेटी मेलामा राखिएकाे छ। 

मेलामा घुम्न आउनेहरूले राेटीकाे बारेमा जानकारी लिन, स्वाद चाख्न र खरिद गर्ने पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु