बेइजिङ । आइतबार बिहान पार्टीको केन्द्रीय समितिले अर्को पाँच वर्षे कार्यकालका लागि महासचिवमा निर्वाचित गरेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले तेस्रो कार्यकालको पदभार ग्रहण गरेका छन् ।

बेइजिङको ग्रेट हल अफ द पिपुलमा आफ्नो छोटो विजयी भाषणमा सीले ‘विश्वलाई चीन चाहिन्छ’ भन्ने जोड दिँदै लगनशीलताका साथ काम गर्ने वाचा गरे । ‘तपाईले हामीमा गर्नुभएको विश्वासको लागि म सम्पूर्ण पार्टीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु’ सीले भनेका छन्, ‘म हाम्रो पार्टी र हाम्रा जनताको ठूलो विश्वासको योग्य प्रमाणित गर्ने वाचा गर्दछु .’

विश्वबिना चीनको विकास हुन नसक्ने र विश्वलाई पनि चीनको आवश्यकता रहेकाे भन्दै उनले सबैसँग मिलेर अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु