विराटनगर । सुनसरीको इनरुवाकी कवि टीका शिवाकोटी आचार्यको कविता संग्रह ‘भुइँमान्छे’ लोकार्पण गरिएको छ ।

उक्त संग्रहमा ५० वटा कविताहरु समेटिएको छ । इनरुवाको सखुवागाछीस्थित साहित्यिक संस्थामा आयोजित कार्यक्रममा विभिन्न अतिथिहरुले कृति लोकार्पण गरिएका थिए ।

संस्थाका अध्यक्ष लीलानाथ सिलवालको सभापतित्वमा भएको कार्यक्रममा पूर्व मुख्यमन्त्री भीमप्रसाद आचार्य प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।

इनरुवा नगरपालिकाकी उपमेयर बिनिता साह, मुक्तक प्रतिष्ठान प्रदेश १ का अध्यक्ष बाबुराम पोखरेल, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, प्रगतिशील लेखक संघका प्रदेश उपाध्यक्ष रामप्रसाद खरेल, कवि शिवनारायण पण्डित सिंगल, कैलालीका कवि असीम, महाकाव्यकार डमरुबल्लभ भण्डारी ,डियर कल्याण साहित्य प्रतिष्ठानका अध्यक्ष बिनोद घिमिरे, तेह्रथुमकी कवि सुष्मा दाहाल, कविका बुबा,आमा र श्रीमान् समेतले पुस्तकको लोकार्पण गरेका थिए ।

कार्यक्रममा एक दर्जनभन्दा बढी कविहरुले कवितासङ्ग्रहभित्र रहेका कविताहरु वाचन गरेका थिए ।

महाकाव्यकार डमरुबल्लभ भण्डारीले कृतिकारको व्यक्तित्व बारेमा चर्चा गरेका थिए ।

१५० भन्दा बढी साहित्यकार र शुभेच्छुकहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सिर्जनामा इनरुवाका सचिव तथा साहित्यकार रमेन्द्र कोइरालाले गरेका थिए ।

350
Shares
६ कार्तिक २०७९, आईतवार ०९:४९