विराटनगर । बेलबारी नगरपालिकाद्वारा गठित बेलबारी प्रज्ञा प्रतिष्ठानले तिहार, न्हु दया, छठ र उँधौलीको अवसरमा कार्यकालको शुभारम्भसँगै पहिलो सार्वजनिक कार्यक्रमका रूपमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिष्ठानका प्रमुख संरक्षक रहेका बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बेलबारीका भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य क्षेत्रलाई अझै अध्ययन–अनुसन्धान गरी उत्खनन् गर्दै संरक्षण र विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा साहित्यकार/सङ्गीतकर्मी मधु गुरुङ, नेकपा (एमाले), बेलबारी नगर अध्यक्ष ईरान राई, नेपाली काङ्ग्रेसका पूर्व नगर सभापति तथा नाट्यकर्मी शम्भु भट्टराईले शुभकामना मन्तव्य दिएका थिए ।

यसैगरी, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष राम किराँती, जसपा, बेलबारी नगर उपाध्यक्ष कमल गुरुङ तथा बेलबारी नगरका जनप्रतिनिधिहरुका तर्फबाट वडाध्यक्ष योगेन्द्र सुवेदीले शुभकामना मन्तव्य राख्दै प्रतिष्ठानले नगरभित्रका सबै भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य विधाको विकास गर्नुपर्ने बताएका थिए ।

वडाध्यक्षहरू कृष्ण गुरुङ, डिल्ली कटुवाल, विक्रम बान्तावा तथा नगर सभा सदस्यहरू रामकुमार घिमिरे र तारा सुन्दासलगायत विशिष्ट व्यक्तित्वहरूको कार्यक्रममा सहभागिता थियो ।

कार्यक्रममा गजलकार जेबी थुलुङले गजल वाचन गरेका थिए । विवेश मोते, लक्ष्मी पौडेल तथा मौसम नेपालीले गीत प्रस्तुत गरेका थिए ।

प्रज्ञा समितिकी अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा् भएको कार्यक्रम सचिव कुलप्रसाद बरालले सञ्चालन गरेका थिए ।

उपाध्यक्ष मनकुमार गुरुङले स्वागत मन्तव्य तथा उपाध्यक्ष अजितकुमार धिमालले धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त कार्यक्रममा प्रज्ञा समितिका पदाधिकारी तथा सदस्यहरूको परिचयसमेत गराइको थिइयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु