विराटनगरमा शनिबार आयोजित सत्ता गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले जनयुद्ध र जनआन्दोलनपछि संविधान निर्माण भएको र अहिले ‘गोरू गाडावालाले टाउको उठाउन खोजेको’ टिप्पणी गरे ।
आफूहरुको गठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन भएको भन्दै उनले अर्को गठबन्धन गोरूगाडावाला गठबन्धन भएको टिप्पणी गरे । १मंसिर ४ गते एउटा ठूलो संग्राम हुँदैछ’ उनले भने ।विस्तृत शान्ति सम्झौता र संविधान रक्षाका लागि काँग्रेससहितको गठबन्धन निर्माण गरिएको उनले बताए । ओलीले धोका दिएपछि आफूले ज्ञान प्राप्त गरेको बताउँदै प्रचण्डले सहमति, सहकार्यको संस्कृति निर्माण शान्ति सम्झौतापछि भएकोले एकअर्कालाई सहयोग गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।