विराटनगरमा शनिबार आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
लोकतन्त्र धरापमा पर्ने, संघीयता खारेज हुने हो कि भन्ने अवस्थालाई पार लगाउन आफूले त्याग गरेको उनको दाबी छ ।अहिले अर्को गठबन्धन बनाइएको भन्दै उनले त्यो गठबन्धन प्रतिगामी गठबन्धन भएको टिप्पणी गरे ।
गठबन्धनको उद्देश्य सत्ता मात्रै नभएको उल्लेख गर्दै उनले भने, जनतालाई लुटौँ भन्ने होइन । त्यसको विरोध गरेरै हामीले गठबन्धन बनाएका हौं ।’००७ साल, ०४७, ०६२–०६३ मा काँग्रेससँग कम्युनिष्ट मिलेरै प्रगति गरिएको भन्दै उनले सत्ता गठबन्धन स्वाभाविक गठबन्धन भएको दाबी पनि गरे ।