भूमि व्यवस्थापन विभागका अनुसार तीन महिनाको अवधिमा नयाँ कारोबारमा करिब ९० प्रतिशतले कमी आएको छ ।
जग्गाको कारोबार घटेसँगै घरजग्गाको मूल्यमा पनि गिरावट आएको छ। विभागका अनुसार २०७८ को साउन, भदौ र असोजको तुलनामा २०७९ साल साउन, भदौ र असोजमा नयाँ कित्ताकाटमा ८७ दशमलव २४ प्रतिशतले कटौती आएको छ ।२०७८ साउन, भदौ र असोजमा नयाँ कित्ताकाट ४ लाख ४१ हजार ७ सय ७० कायम गरिएको थियो । २०७९ साउन, भदौ र असोजमा देशभर नयाँ कित्ताकाट ५६ हजार ३ सय ६० मात्र कायम गरिएको छ ।
यो २०७८ साउन, भदौ र असोजको तुलनामा २०७९ साउन, भदौ र असोजमा ३ लाख ८५ हजार ४ सय १० ले कमी हो।