काठमाडौं। यो वर्षको साउन र भदौ महिनामा एक अर्ब ८७ अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा उल्लेख भएअनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो।

भदौमा खासगरी चाडपर्व लक्षित विप्रेषण आउने भएकाले पनि यो समय विप्रेषण बढ्ने गरेको छ।

भदौमा मात्रै ९५ अर्ब रुपैयाँ विप्रेषण आएको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको छ।

राष्ट्र बैङ्कका अनुसार भदौसम्म यस्तो स्वीकृति लिनेको सङ्ख्या १६९.९ प्रतिशतले बढेर एक लाख चार हजार पुगेको छ।

पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या पनि ७०.६ प्रतिशतले बढेर ३९ हजार नाघेको छ।

बढ्दो व्यापार घाटाका कारण विदेशी मुद्रा सञ्चितिको दबाबमा परेको नेपालका लागि त्यो अवस्था अझै कायमै छ।

असार मसान्तमा नौ अर्ब ५४ करोड रुपैयाँ डलर सञ्चिति रहेकामा भदौ मसान्तमा २ प्रतिशतले घटेर नौ अर्ब ३५ करोड डलर कायम छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु