ताप्लेजुङको गुगल नक्सा

विराटनगर । ताप्लेजुङमा फोहरको थुप्रोभित्र सुनका ८९ वटा गहना फेला परेको छ । जङ्गलमा फालिएको फोहरको थुप्रोभित्र बोरामा राखिएको गहना शुक्रबार प्रहरीले फेला पारेको हो ।

असोज १७ गते ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा लुटपाट भएको थियो । त्यहाँबाट लुटिएको सुनका गहना फोहरको थुप्रोमा लुकाएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सुनका गहना फुङलिङ–४ को जङ्गलमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी कैलाश राईका अनुसार घटनामा संलग्न चारजनालाई पक्राउ गरिसकिएको छ । उनीहरुको साथबाट १४३ तोला सुनका गहना र छ लाख १३ हजार तीन सय ४० रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।

कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार दुई सय ५० रुपैयाँ लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन् ।

189
Shares
५ कार्तिक २०७९, शनिबार ०५:३३