सांकेतिक तस्बिर ।
विराटनगर । लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्राममा लाइक/ फलोअर्सको विषयलाई लिएर झगडा हुँदा भारतको दिल्लीमा दुई जनाको हत्या भएको छ ।
आफ्नो इन्स्टाग्राम अकाउन्टमा कति फलोअर्स र आफ्नो क्षेत्रमा के कति महत्व छ भन्ने कुरामा विवाद हुँदै जाँदा यसले हत्याको रुप लिएको भारतीय प्रहरीलाई उदृत गर्दै बिबिसीले जनाएको छ ।
भारतीय प्रहरी स्रोतका अनुसार हत्यामा चार जना युवायुवती संलग्न रहेको खुल्न आएको छ । यो घटना भएको क्षेत्र मुकन्दपुर उत्तर दिल्लीको बाहिरी भागमा अवस्थित छ। यस क्षेत्रमा बस्ने अधिकांश मानिस निम्न मध्यम वर्गका रहेको जनाइएको छ ।
घटनामा संलग्न चार युवालाई पक्राउ गरी आईपीसीको धारा ३०२ (हत्या) को मुद्दा दर्ता गरिएको छ ।
भारतीय प्रहरीका अनुसार हत्या भएका ती दुईजना नाबालिग हुन् । प्रहरीले जानकारी पाएर त्यस ठाउँबाट उनीहरूलाई अस्पताल लगिएको थियो र सोही क्रममा उनीहरूको मृत्यु भएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।