आयोगले खानलाई अयोग्य घोषणा गर्ने फैसला शुक्रबार सर्वसम्मत रुपमा गरेको हो।
सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको र सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री गर्दा पाएको रकमको जानकारी नगराएको भन्दै आयोगले अयोग्य घोषणा गरेको हो ।प्रधानमन्त्री शेहबाज सरिफले आफूअघि शासनमा रहेका खानले सरकारको १४ करोड पाकिस्तानी रुपैयाँ बराबरको उपहार दुबईमा बेचेको बताएका थिए ।
उपहार खानले सरकार प्रमुखको रुपमा विदेशी राष्ट्रहरूबाट प्राप्त गरेका थिए । खानले आफ्नो वार्षिक सम्पत्ति आयोगमा बुझाउँदा आम्दानीको मुख्य स्रोत नखुलाएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।पाकिस्तानी कानुन अनुसार सांसदहरूले प्रत्येक वर्ष निर्वाचन आयोगमा सम्पत्ति विवरण बुझाउनु पर्छ । २०२२ अगस्टमा संसद्का सभामुख राज पेरभाइज असरफले निर्वाचन आयोग समक्ष उपहार मामिलामा खानलाई आयोग्य घोषणा गर्न माग गरेका थिए ।