भ्रातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
अदालतले आफू नेतृत्वको सरकार हटाएको भन्दै ओलीले मंसिर ४ गते बस्ने जनताको ‘महाअदालत’ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताए ।पार्टीको सरकार बनेपछि रेलको गतिमा विकास निर्माणले तीव्रता पाउने दाबी पनि गरे । वर्तमान सरकार काम गर्न नभई अर्कै प्रयोजनका लागि बनेको आरोप लगाउँदै उनले त्यसबाट जनताले विकास, निर्माणको आशा गर्नु बेकार हुने टिप्पणी गरे ।
उनले निर्वाचनको बेला जनतालाई अलमल्याउने काम सत्तारुढ दलहरुले गरिरहेको आरोप लगाए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले आफूहरुले निर्वाचन आचारसंहिताविपरीत फ्रि भिसा र फ्रि टिकटको कुरा नगरेको बताए ।