अस्ट्रेलिया । आयरल्यान्डसँग ९ विकेटले पराजित भएसँगै दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज जारी टी२० विश्वकप २०२२ बाट बाहिरिएको छ ।
अस्ट्रेलियास्थित बेलेरिभ ओभलमा आज सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे वेस्ट इन्डिजले पाँच विकेट गुमाएर एक सय ४६ रनकाे लक्ष्य आयरल्यान्डलाई दिएकाे थियाे ।
मध्यम लक्ष्य पाएकाे आयरल्यान्डले एक विकेटकाे क्षतिमा १५ बल अगावै लक्ष्य पूरा गर्दै सुपर १२ मा आफ्नाे स्थान सुरक्षित गरेकाे छ ।
आयरल्यान्डको जितमा लुर्कान टकरले ४५ र पउल स्टिरिलिङले ६६ रनको उत्कृष्ट पारी खेलेका थिए ।
पहिलाे चरणकाे समूह ‘बी’मा रहेकाे आयरल्यान्ड तीन खेलमा चार अङ्कसहित अंकतालिकाकाे शीर्ष स्थानमा छ ।
आयरल्यान्ड र वेस्ट इन्डिज रहेकै समूहमा रहेका स्कटल्यान्ड र जिम्बाब्वेबीच पहिलाे चरणकाे अन्तिम खेल भइरहेकाे छ ।
समान दुई खेलबाट दुई अंक बटुलेकाे यी दुईमध्ये आजकाे खेलकाे विजेताले सुपर १२ मा स्थान बनाउने छ ।
पहिलाे चरणकाे समूह ‘ए’बाट श्रीलंका र नेदरल्यान्ड्सले सुपर १२ मा स्थान पक्का गरिसकेका छन् ।