बूढीगंगा–२ का ३६ वर्षीय दुर्गाबहादुर विष्ट र सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अस्मिन भट्टराईलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।
बिरामीका आफन्तले जम्मा गरेको ‘डिपोजिट’ रकम उनीहरुले हिमामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले अस्पतालको सफ्टवेयर नै परिवर्तन गरेर रकम हिनामिना गरेको आशंका छ ।अस्पतालले दिएको जाहेरीका आधारमा विष्ट र भट्टराईलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेकाहरुले कति रकम हिनामिना गरेर भन्ने बारेमा केही पनि खुलाइएको छ ।
अस्पतालका प्रशासन प्रमुख सन्तोष निरौलाले रकम हिनामिना गरेको पाइएपछि प्रहरीमा उजुरी गरिएको जानकारी दिए । ‘काउन्टरका कर्मचारीले रकम हिनामिना गरेको पाइयो,’ उनले भने, ‘प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।’