काठमाडाैं। दशौं राष्ट्रिय खेलकुद प्रतियाेगिता (राखेप्र) कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।

नवौं राखेप्रका प्रमुख अतिथी प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुको झण्डा हस्तान्तरण गरेका छन् ।

यसअघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा गर्ने निर्णय गरेको जानकारी गराएका थिए । परिषद्को ११५औं बोर्ड बैठकबाट दशौं राष्ट्रिय खेलकुद २०८१ मंसिर २ देखि ९ गते सम्म कर्णालीमा आयोजना हुने निर्णय गरेको हो ।

नवौं राष्ट्रिय खेलकुदमा पहिलो पटक निर्माण गरिएको रनिङ्ग ट्रफी प्रधानमन्त्री देउवाले टीम च्याम्पियन टाेली त्रिभुवन आर्मी क्लबलाई प्रदान गरे । ट्रफी ग्रहण गर्न नेपाल आर्मीका प्रधान सेनापति उपस्थित भएका थिए ।

१७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदकसहित कुल तीन सय ९१ पदक प्राप्त गर्दै आर्मी नवाैं राखेप्रमा टिम च्याम्पिन बन्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु