काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपाल ५३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७१ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा ५१ जना कोरोनामुक्त पनि भएका छन् ।
कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ सय १८ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले बताएकाे छ ।
यसैबीच, नेपालमा डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । मन्त्रालयका अनुसार डेंगु संक्रमण नेपालका सबै ७७ जिल्लामा फैलिएको छ भने ४२ हजार पाँच सय चार जना संक्रमित भइसकेका छन् ।